नेपाली साहित्यको प्रथम महिला स्रष्टाका (digital art) lalit tripura sundari




महारानी ललित त्रिपुरा सुन्दरी (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।

त्रिपुरेश्वर मन्दिर
सम्पादन
रानी ललितत्रिपुरासुन्दरीले काठमाडौंमा त्रिपुरेश्वर मन्दिरको स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरासुन्दरीले सो मन्दिर संवत् १८७४ देखि बनाउन लगाएकी थिइन् र १८७७ सालमा सो मन्दिरको निर्माण भएको थियो ।

वाग्मतीको पुल
सम्पादन
संवत् १८६७ मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्न चाहिँ संवत् १८६८ चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।

धरहरा
सम्पादन
ललितत्रिपुरासुन्दरीले १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् । राजधर्म, जगदम्बा प्रकाशन -२०१९ का अनुसार ललितत्रिपुरासुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरासुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।।

http://www.nai.com.np/contents.php?id=85...

https://www.instagram.com/pranabphotoart (instagram)

महारानी ललित त्रिपुरा सुन्दरी देबी शाह

१) कांगडा किल्लाको लडाईंमा बिरगती प्राप्त गर्ने काजी नयन सिंह थापा का छोराहरु कर्नेल उजिर सिंह ( नेपाल अङ्रेज युद्धमा बुटवलको लडाईंका बिजेता ) र प्रधान मन्त्री माथबर् सिंह थापा ( नियुक्तिले नै प्रधान मन्त्री पाउने पहिलो ब्यक्ती ) । थाहा हुन आयका छोरी हरुमा ललित त्रिपुरा सुन्दरी ( राजा रण बहादुर शाह को कान्छी रानी र गणेश कुमारी ( जंग बहादुर, धिर सम्सेर , जगत सम्सेर, कृष्ण बहादुर , बम बहादुर राणा लगायतको आमा ) हुन । काजी नयन सिंह जनरल अमर सिंह थापाका माहिला छोरा र भिमसेन थापा का भाई हुन।

२) ललित त्रिपुरा सुन्दरी लाई जेठा बाबा भिमसेन थापा एकदम सक्तिमा हुँदा राजा रण बहादुर शाह लाई कारीब ९ बर्षको उमेर मा बिबाहा गरिदिय। उनी बाट कुनै जाय जन्मा भयन।ठकुरि राजाले छेत्री काजिको छोरी मागी बिबाहा गरेको सम्भबत यो पहिलो हो कि ?

३) राजा ग्रिवाण युद्ध बिक्रम एकदम सानो भयकोले भिमसेन थापाले यिनै रानी त्रिपुरा सुन्दरी लाई नायबी बनाइ यिनैको आदेस बाट नेपाल अङ्रेज युद्ध लगायत को अधिकार यिनै भातिजी रानी बाट लियका थिय।

४) रानी त्रिपुरा सुन्दरी लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।

५) उनले नै हो काठमाडौंमा त्रिपुरेश्वर मन्दिरको स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरासुन्दरीले संवत् १८७४ देखि बनाउन लगाएकी थिइन् र १८७७ सालमा सो मन्दिरको निर्माण भएको थियो । त्यस पछी मात्र सो छेत्रको नाम त्रिपुरेस्वर भयको हो ।

६) त्यसै गरी उनले बि स १८६७ मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्न चाहिँ संवत् १८६८ चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो ।

७) अर्को काम उनले बि स १८८२ सालमा गजुरसहितको धरहरा बनाएकी थिइन् । ललितत्रिपुरासुन्दरीले बनाएको धरहराको अभिलेख यस प्रकार छ, "स्वस्तिश्री सम्वत् १८८२ साल मिति चैत्र सुदि १२ रोज ४ वैशाख महिनाका दिन ९ जांदा श्रीमन्महाराजाधिराज पट्टराज्ञी श्री श्री श्रीमल्ललित त्रिपुरासुन्दरी देवीले यो धरहरा बनाउनु भै तैयार गरी गजुर चढाउनुभयाको हो ।

सुझाब पाउ ।

(AI ART BY PRANAB JOSHI)

Prem Singh Basnyat ( described by)

Thank you for suggestions and information: Dhruba Bhatta Yubika Bhandari sanjay shrestha 
See less

Comments

Popular posts from this blog