Posts

Showing posts with the label lalittripurasundari
Image
  नेपाली साहित्यको प्रथम महिला स्रष्टाका (digital art) lalit tripura sundari महारानी ललित त्रिपुरा सुन्दरी (१८५०-१८८८) लाई नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी एउटी रानी, राजमाता, शासक, समाजसेवी, र स्रष्टा थिईन्। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरु नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्। त्रिपुरेश्वर मन्दिर सम्पादन रानी ललितत्रिपुरासुन्दरीले काठमाडौंमा त्रिपुरेश्वर मन्दिरको स्थापना गराएकी थिइन् । त्यही मन्दिरको रानी ललितत्रिपुरासुन्दरीले सो मन्दिर संवत् १८७४ देखि बनाउन लगाएकी थिइन् र १८७७ सालमा सो मन्दिरको निर्माण भएको थियो । वाग्मतीको पुल सम्पादन संवत् १८६७ मार्ग शुक्ल एकादशी बिहीबार रानी आफैले वाग्मतीको पुलको शिलान्यास गरेकी थिइन्। यस पुलको निर्माण सम्पन्न चाहिँ संवत् १८६८ चैत कृष्ण सप्तमी बिहीबारको दिन भएको थियो । धरहरा सम्पादन ललितत्रिपुरासुन्दरीले १८८२ सालमा गजुरसहितको धर...